राप्तीसोनारीमा आज र भोलि शैक्षिक बिदा

राप्तीसोनारी । राप्तीसोनारी गाउँपालिकाले दुई दिन शैक्षिक बिदा थप गरेको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा सुधार नआएपछि राप्तीसोनारी गाउँपालिकाले आज र भोलि गरी दुई दिन शैक्षिक बिदा थप गरेको हो ।

यसभन्दा अघि माघ ४ गतेको निर्णयानुसार ७ गतेसम्म राप्तीसोनारीले शैक्षिक बिदा दिन निर्णय गरेको थियो । मौसममा सुधार नआएपछि पठनपाठनमा समस्या हुँदा दुई दिन बिदा थप गरिएको गाउँपालिकाले जनाएको छ ।

Exit mobile version