नेपालगन्जको सुर्खेतरोडमा सुनका गहनाका लागि नयाँ शोरुम सञ्चालनमा ल्याइएको छ ।
मंगलबार धनतेरशको अवसर पारेर श्री नेपाल ज्वैलर्सको सुर्खेतरोड शाखाका रूपमा नयाँ शोरुम सञ्चालनमा ल्याइएको हो ।
स्थानीय उद्योगी, व्यवसायी, नागरिक समाजका विभिन्न प्रतिनिधिहरू बीच वरिष्ठ उद्योगपति कन्हैयालाल वैद्यले गहना शोरुमको समुद्घाटन गरे । ‘४० बर्षदेखिको विश्वासलाई बलियो बनाउँदै युग अनुसारको माग सम्बोधन गर्न अत्याधुनिक गहनाको शोरुम सञ्चालनमा ल्याइएको हो’, नेपाल ज्वैलर्सका सञ्चालक सकिल जसगढले भने ।