लामो समय प्रतिबन्ध लगाइएको टिकटक नेपालमा आधिकारिक रुपमा दर्ता भएको छ । सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो ।
नेपाल सरकारले टिकटकमा प्रतिबन्ध लगाएपछि टिकटकले निरन्तर सरकारका सबै शर्त मान्ने भन्दै प्रतिबन्ध हटाउन पहल गरेको थियो ।
टिकटकले सबै शर्त मान्ने उल्लेख गरेपछि टिकटक माथि लगाइएको प्रतिबन्ध गत १९ भदौमा हटाइएको थियो ।
नेपाल सरकारको शर्त बमोजिम टिकटक नेपालमा दर्ता भएको हो ।
यसअघि भाइबर र विटक नेपालमा दर्ता भएका थिए । टिकटक नेपालमा दर्ता भएको तेस्रो सामाजिक सञ्जाल हो ।
सरकारले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्स लगायतका सामाजिक सञ्जालको माउ कम्पनी मेटालाई पनि नेपालमा दर्ता हुन आह्वान गर्दै पात्राचार गरेको छ ।