नेपालकै चर्चित शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाले आफ्नो शाखा नेपालगन्जमा पनि विस्तार गरेको छ ।
आइतबार औपचारिक कार्यक्रम बीच कम्पनीका सिइओ जयराज शर्मा सिवाकोटीले शाखाको उद्घाटन गरेका थिए ।
काठमाडौं उपत्यकाबाहिर बिर्तामोड, पोखरा इटहरी, चितवन, विराटनगर, दमकमा आफ्नो सेवा दिइरहेको अल्फाबिटाले नेपालगन्जमा शाखा सञ्चालन गरी परामर्श सेवा सुरु गरेको अल्फाबिटा नेपालगन्ज सेन्टरका अध्यक्ष विजय भण्डारी (बासु)ले जानकारी दिए ।
कार्यक्रम उद्घाटनमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी, हिसानका वरिष्ठ सल्लाहकार इश्वर पोखरेल लगायतले अल्फाबिटाले नेपालगन्जमा सेवा सुरु गरेर विद्यार्थीहरूका लागि अवसरको सिर्जना गरेको बताए ।
अल्फाबिटा नेपालगन्ज सेन्टरका अध्यक्ष भण्डारीका अनुसार शाखा उद्घाटनका दिन ३ सय बढीले अवलोकन गरेको जानकारी दिए । उनले १ सय ५० बढीले परामर्श लिएको जानकारी दिंदै ५० जना जति आयल्स अध्ययनका लागि भर्ना भएको बताए ।
विगत लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा कार्यरत अल्फाबिटाले इथिकल परामर्श, विश्वस्तरको संरचना, गुणस्तरीय शिक्षक, विश्वविद्यालयसँग विश्वसनियता र सेवाको गुणस्तरलाई आफ्नो विशेषताको रूपमा स्थापित गरेको छ ।