- प्रधानमन्त्री केपी शर्मा शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुंगानाले नेपालमा संसदीय प्रणाली सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । ढुंगानालाई श्रदाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।
- सरकारले करिब सवा १७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सूचना जारी गर्दै ट्रेजरी बिल मार्फत् १७ अर्ब २३ करोड ३२ लाख रुपैयाँ उठाउन लागेको जनाएको हो ।
- दार्चुला–बैतडी जोड्ने अवरुद्ध सडकखण्ड १४ घण्टापछि सञ्चालनमा आएको छ । आइतबार साँझ ६ देखि अवरुद्ध बनेको दशरथचन्द राजमार्ग सोमबार बिहान १० बजेबाट सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
- गत असोजको तुलनामा कात्तिकमा संख्याका आधारमा घरजग्गा कारोबार बढे पनि राजस्व घटेको छ । घरजग्गा व्यापारको सिजन कात्तिकदेखि सुरु भए पनि कारोबार बढ्न नसकेको व्यवसायी बताउँछन् । गत असोजमा ३१ हजार ४ सय १४ वटा कित्ताकाटको लिखत पारित हुँदा कात्तिकमा ३२ हजार १ सय ६० पटक कित्ताकाट लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
- कोशी नामको विरोधमा आन्दोलन गरिरहेको प्रदेश १ पुन: नामांकन संयुक्त संघर्ष समितिले फेरि आन्दोलन सुरु गरेको छ । समितिले कोशी नाम खारेज गर्न माग गर्दै १७ फागुनलाई कालो दिवशको रुपमा मनाउने भएको छ ।
- गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पोखरामा क्यान्सर, मुटु, मिर्गौला, जलन, मातृ तथा बाल रोगसहितको विशिष्टीकृत अस्पताल निर्माणको एजेन्डा समावेश गर्न प्रस्ताव गरेको छ । प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मन्त्रीस्तरीय निर्णय र प्रदेश मन्त्रिपरिषद्को सफारिससहितको उक्त प्रस्ताव आइतबार सङ्घ सरकारका मुख्यसचिव एकनारायण अर्यालसमक्ष पेश गरेका हुन् ।
- सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा नियुक्ति गर्ने प्रक्रिया अघि बढाएको छ । कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको छ ।
- सरकारले डेडिकेटेड तथा ट्रंक लाइन विवादमा नेपाल विद्युत् प्राधिकरणले काटेका बिलबिजकको अध्ययन गर्न तथा पुनः गणना गर्न विज्ञ समिति गठन गरेको छ । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रा. डा. अरबिन्द मिश्रको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सचिव सुरेश आचार्यले जानकारी दिए ।
- khabar