बाँकेको डुडुवा गाउँपालिका स्थित जयन्दु बाल सुधार गृहमा झडप भएको छ ।
दुई समूहमा बाँडिएका बालविज्याईकर्ता आपसमा भिडेका हुन् । झडपमा ३ जना सामान्य घाइते भएको र उपचारपछि अस्पतालबाट डिस्चार्ज भैसकेको प्रहरीले जनाएको छ ।
शनिबार भएको झडप पछि अवस्था नियन्त्रणमा लिइसकेको बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक आयुष जोशीले जानकारी दिए ।
‘झडप शान्त बनाउने क्रममा १४ जना बालबिज्याईकर्तालाई जिल्ला प्रहरी कार्यालयको संरक्षणमा राखेका छौं’, उनले भने, ‘उनीहरुलाई सोही ठाउँ फर्काउने वा नौबस्ता स्थित बालसुधार गृहमा पठाउने भन्ने छलफल भैरहेको छ ।’
जयन्दु बाल सुधार गृहमा पटकपटक झडप हुँदै आएको छ ।