- प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्सिर १७ गतेदेखि हुने आफ्नो औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नगर्न स्पष्ट पारेका छन् । आसन्न चीन भ्रमणका सम्बन्धमा सोमबार पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले बीआरआइ ऋण परियोजना कार्यान्वयनमा हस्ताक्षर गर्ने तयारी नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट प्रस्ट पारे ।
- नक्कली भ्याट बनाइ राजश्व छलेको ठहर्याउँदै पाटनस्थित उच्च अदालतले पेप्सीको नेपालस्थित बिक्रेता वरुण वेभरेज नेपाल प्रा.लि.लाई बिगो रकमसहित जरिवाना र मुख्य भूमिका खेल्ने सञ्चालकलाई कैदसहित जरिवाना हुने फैसला सुनाएको छ । यस सम्बन्धी फैसलाको पूर्णपाठ भने ढिलो गरी करिब एक वर्षपछि सार्वजनिक भएको छ । २०८० पुस १९ गते सुनाइएको फैसलाको पूर्ण पाठ २०८१ असोजमा लेखिए पनि बल्ल सार्वजनिक भएको हो ।
- युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउन खोजेको घटनामा सरकारी वकिलको कार्यालयले एसपी कमल थापामाथि थप अनुसन्धान गर्नुपर्ने औंल्याएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रतिवेदनका आधारमा प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनु शाहीसहित ६ जनाविरुद्ध मुद्दा दायर गर्दै एसपी थापाको हकमा थप अनुसन्धान गर्नुपर्ने सरकारी वकिल कार्यालयले औंल्याएको हो ।
- एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बीआरआई परियोजना स्वीकार गर्न सुझाव दिएका छन् । बीआरआई नेपालको हितमा रहेको भन्दै उनले यसबाट लाभ लिनुपर्ने बताए । चीन भ्रमणका एजेण्डाबारे आज प्रधानमन्त्री ओलीले आयोजना गरेको छलफलमा सहभागी पूर्वप्रधानमन्त्री नेपालले भने, ‘बीआरआई प्रोजेक्ट नेपालको हितको विरुद्धमा छैन । नेपाल जस्तो देशले लाभ लिनुपर्छ ।’
- कपिलवस्तुमा प्रहरीले बाघको छालासहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले शिवराज नगरपालिका-२ हल्लानगरबाट बुटवल उपमहानगरपालिका-५ गोलपार्कका ४१ वर्षीय विष्णुप्रसा भट्टराईलाई नियन्त्रणमा लिएको हो ।
- कास्की जिल्ला अदालतबाट अझै १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि काठमाडौं लैजाने तयारी भएको छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत दुरूपयोगमा पनि अनुसन्धानका लागि रवि लामिछाने लगायत विरुद्ध पक्राउ अनुमति जारी भएको छ । - नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक गरिएको छ । सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र ८ टिमका मार्की खेलाडीले धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन् । ट्रफी अनावरण गर्दै प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटका लागि आज विशेष दिन भएको बताए ।
- एमालेको केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले विपन्न जनताहरू जाडो मौसममा शीतलहरबाट प्रभावित हुनसक्ने जोखिम रहेकाले अहिले नै पूर्वतयारी गर्न सरकारको ध्यानकर्षण गराएको छ ।