नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको नेतृत्वमा समर बहादुर खत्री विजयी भएका छन् । शुक्रबार अध्यक्ष पदका लागि भएको मतदानमा खत्रीले १ सय ५ मत प्राप्त गरी विजयी भएको प्रमुख निर्वाचन अधिकृत विकास आचार्यले जानकारी दिए । खत्रीका निकटतम जिआर भुसालले ८८ मत प्राप्त गरे ।
त्यस्तै, वरिष्ठ उपाध्यक्ष पदमा किरण कार्की १ सय २५ मत सहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी ज्योतिलाल भण्डारीले ६६ मत प्राप्त गरे । अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बाहेकका पदमा भने यसअघि नै सर्वसम्मत भएको थियो ।
मुख्य निर्वाचन अधिकृत अधिवक्ता आचार्यका अनुसार, उपाध्यक्ष पदमा रामु लम्साल, महासचिव दिपक राज भण्डारी, सचिव नन्दकली कंडेल (खरेल), कोषाध्यक्ष हुमा शंकर ओली निर्विरोध निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरूमा विधान न्यौपाने, सुमन धिमाल, सिमिता राणा, अर्चना घिसिङ, डिलाराम पौडेल निर्वाचित भए ।
त्यस्तै, सफि मोहम्मद गुजर, सलिल खड्का, जित बहादुर कंडेल, मोहन रिजाल, रुद्र बहादुर कंडेल, इन्द्र बहादुर खत्री, अर्जुन कुमार चौधरी, माधव प्रसाद रिजाल र अजय कुमार बर्मा सदस्य पदमा सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । यसअघि मिना कुमारी डाँगीको अध्यक्षतामा जिल्ला महिला उद्यमी संघको कार्यसमिति सर्वसम्मत भैसकेको थियो ।