लुम्बिनीमा एमाले-कांग्रेस संयन्त्र बैठक

मंसिर मसान्त भित्र सबै जिल्लामा संयन्त्रकाे बैठक सम्पन्न गर्ने निर्णय

एमाले लुम्बिनी प्रदेशका इञ्चार्ज पद्मा अर्यालकाे अध्यक्षतामा बसेकाे संयन्त्रकाे बैठकमा प्रदेश सरकारले गरेकाे कामहरुकाे वारेमा मुख्यमन्त्री चेतनारायण आचार्यले ब्रिफिङ्ग गर्नु भएको छ ।

एमाले-कांग्रेस संयुक्त सरकाले अघि सारेका कामहरु सहि दिशामा अघि बढेकाे, सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणकाे पाँच बर्षे रणनीतिक याेजना निर्माण गरेर कार्यान्वयनमा लगिएको मुख्यमन्त्री आचार्यले जानकारी गराउनु भएको थियाे । यस्तै बैठकमा संसदीय क्षेत्रमा भएका कामहरुकाे बारेमा नेपाली कांग्रेस संसदीय दल नेता डिल्लीबहादुर चाैधरीले प्रकाश पार्नु भएको थियाे । बैठकमा कांग्रेस प्रदेश सभापति अमरसिंह पुन र एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले सरकारकाे कामलाई थप गतिशील बनाउन सुझाव दिनु भएको थियाे ।

प्रदेश संयन्त्रकाे बैठकले लुम्बिनी प्रदेशका १२ जिल्लामा संयन्त्रकाे बैठक मंसिर मसान्तसम्म सम्पन्न गर्ने र संयुक्त सरकारलाई थप गतिशील बनाउन सुझावहरु संकलन गर्ने निर्णय गरेकाे छ । यस्तै मंसिर २० गते एमाले-कांग्रेस संयन्त्रकाे प्रदेश भेलाकाे आयाेजना गर्ने निर्णय गरेकाे छ । भेलामा कांग्रेसबाट जिल्ला सभापति र सचिव, एमालेबाट जिल्ला इञ्चार्ज र अध्यक्ष सहभागी हुनेछन ।

एमाले-कांग्रेस लुम्बिनी प्रदेश संयन्त्रमा एमालेबाट प्रदेश इञ्चार्ज पद्मा अर्याल, मुख्यमन्त्री चेतनारायण आचार्य र प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल रहनु भएको छ । यस्तै कांग्रेस बाट संसदीय दल नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चाैधरी, प्रदेश अध्यक्ष अमरसिंह पुन र बिष्णु खनाल मुस्कान रहनु भएको छ ।

Exit mobile version