पूर्व राजा नेपालगन्जमा

पूर्व राजा ज्ञानेन्द्र शाह परिवारका सदस्य सहित सोमबार साँझ नेपालगन्ज आइपुगेका छन् । उनको स्वागतका लागि नेपालगन्ज बिमानस्थल क्षेत्रमा ठूलो संख्यामा उनका समर्थकहरू पुगेका थिए ।

तत्कालीन मध्य र सुदूरपश्चिम भ्रमणको सिलसिलामा पूर्व राजा शाह नेपालगन्ज आएका हुन् । उनी एक महिना बढी नेपालगन्जमा बसेर पश्चिमका विभिन्न ठाउँ पुग्ने बताइएको छ । पूर्व राजा ज्ञानेन्द्र सोल्टी होटल नेपालगन्जमा टुर मुकाम बनाएका छन् ।

Exit mobile version