अन्तरालले आगामी फागुनको अन्तिम साता नेपालगन्जमा हुने लुम्बिनी कप कप महिला फुटबल प्रतियोगिताका लागि सहकार्य र सहभागिताको अपिल गरेको छ ।
लुम्बिनी कपका सन्दर्भमा अपिल जारी गर्र्दै आयोजक अन्तरालका कार्यकारी अध्यक्ष जयनारायण शाहले नेपाल र छिमेकी मित्र राष्ट्र भारतका टिमहरुको सहभागिता रहने लुम्बिनी कप नेपालगन्ज र बाँके मात्रै होइन, पश्चिम नेपालको गौरवको रुपमा हामीले लिएको बताएका छन् ।
‘शान्तिका अग्रदुत भगवान गौतमवुद्दको जन्मथलो लुम्बिनी प्रदेश, माता बागेश्वरीको पवित्र भूमि नेपालगन्जवाट विश्व शान्तिको सन्देश’ अध्यक्ष शाहले बाँके जिल्ला फुटवल संघ र अन्तरालको सहकार्यमा हुने प्रतियोगितामा सहकार्य र सहभागीका लागि अपिल गर्दै भनेका छन् ।