भ्रष्टाचार बिरुद्ध मंसिर २४ गते हुन लागेको नेपालगन्ज वाकाथनमा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटा सहितका बिशिष्ट ब्यक्तित्वहरुको विशेष उपस्थिति रहने भएको छ ।
भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा डिसेम्वर ९ (मंसिर २४ गते) हुने उक्त कार्यक्रममा भ्रष्टाचार बिरुद्ध सचेतना जगाउने तथा नेपालगन्जको पहिचानलाई व्यापकता दिने उद्धेश्यले आयोजना गरिदै आएको छ ।
भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालको आयोजना, अन्तरालको ब्यवस्थापन र विभिन्न संघसंस्था तथा निकायहरुको सहकार्यमा हुने कार्यक्रमले भ्रष्टाचार बिरुद्ध आम नागरिकहरुमा जागरण ल्याउने र नेपालगन्जको पहिचानलाई व्यापकता दिने अपेक्षा गरिएको छ ।
यस बर्षको नेपालगन्ज वाकाथन नेपालगन्जको गणेशमान चौकबाट शुरु भई विपि चौक, त्रिभुवन चौक जिल्ला प्रशासन कार्यालय रोड हुदै रामलिला मैदानमा गएर समापन हुने कार्यतालिका रहेकोछ । भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं (भितक धबपि तयनभतजभच ायच ब्लतष्–अयचचगउतष्यल) भन्ने नाराका साथ आयोजना हुन थालेको वाकाथनमा नेपाल प्रहरीको ब्याण्ड बाजा, विभिन्न साँस्कृतिक प्रस्तुती, झाँकी प्रहर्सन, पर्चा, पम्लपेट बितरण, लगायतका गतिविधिहरु हुने छन् ।
कार्यक्रमका सहभागिहरु भ्रष्टाचार बिरुद्धको नारा अंकित टिशर्टमा नेपालको झण्डा र भ्रष्टाचार बिरुद्धका सन्देस संकितको प्लेकार्डका साथमा भ्रष्टाचार बिरुद्ध सडकमा उत्रिने छन् । कार्यक्रममा जो कोही पनि स्वस्फूर्त रुपमा सहभागि भई भ्रष्टाचार बिरुद्धको अभियानमा समर्थन गर्न सरोकारवाला तथा आम नागरिकहरुमा अपिल गरिएको छ ।
२००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसँघिय महासभाबाट भ्रष्टाचार बिरुद्ध संयुक्त राष्ट्रसंघीय महासन्धि पारित भएको थियो । बास नेपालले पश्चिम नेपालमा २०७८ साल देखि नियमित रुपमा नेपालगन्जमा भ्रष्टाचार बिरुद्ध नेपालगन्ज वाकाथन कार्यक्रम गर्दै आएको छ ।