बाँके प्रहरीले ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरको छ । लागुऔषध विरुद्ध निगरानी गर्दै आएको प्रहरी टोलीले लागुऔषधको कारोबारको सूचना पाएपछि कारवाही गर्दा लागुऔषध सहित तीन जना फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, लागुऔषध कारोबारको सूचनाका आधारमा नेपालगन्ज उप– महानगरपालिका वडा नं. १ पुष्पलाल पुग्दा सडक छेउ हिडिरेका व्यक्तिलाई लागुऔषध सहित फेला पारेको जानकारी दिएको छ ।
‘जिप्रका बाँके र लागु औषध नियन्त्रण व्युरो नेपालगन्ज शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नं. २२ का राजेन्द्र कुमार गोडियाले डोर्याइ रहेको साइकलको हेण्डिलमा झुण्डयाएको टिफ्फिनको बट्टा भित्र ब्राउन सुगर फेला परेको हो’, प्रहरीले भनेको छ ।
प्रहरीले गोडियासँग १ सय ५० ग्राम ब्राउन सुगर बरामद भएको जनाएको छ । त्यसक्रममा अनुसन्धानका लागि थप दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।