अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जमा बाँकेका आठ स्थानीय तहको चालु आ.व.को २०८१÷०८२ को मंसिर मसान्तसम्म कुल ४९ जना उजुरी परेका छन् । अख्तियार सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश बहादुर अधिकारीले चालु आ.व.को मंसिर मसान्तसम्म बाँकेका आठ स्थानीय तहको अघिल्ला आ.व.बाट सरेर आएको समेत गरी ८६ वटा पुगेको जानकारी दिए ।
चालु् आ.व.मा नेपालगन्ज उपमहानगरपालिका विरुद्ध ११ उजुरी परेको थियो भने अघिल्लो आ.व.को ९ उजुरी चालु आ.व.मा परेका थिए । कोहलपुर नगरपालिकाको गत आ.व.को १० र चालु आ.व.को १० उजुरी रहेका छन् । नरैनापुर गाउँपालिकाको गत आ.व.को ४ र चालु आ.व.को ९, डुडुवाको गत आ.व.को ३ र चालु आ.व.को १० उजुरी रहेका छन् ।
त्यस्तै, जानकी गाउँपालिकाको गत आ.व.को ४ र चालु आ.व.को ४, राप्तीसोनारीको गत आ.व.को ४ र चालु आ.व.को २, बैजनाथको गत आ.व.को ३ र चालु आ.व.को २, खजुरा गाउँपालिकाको चालु आ.व.को १ उजुरी रहेका छन् ।
अख्तियारका अनुसार, बाँकेका आठ स्थानीय तहको गत र चालु आ.व.को गरी रहेका ८६ उजुरी मध्ये ३२ वटा मंसिर मसान्तसम्म फस्र्यौट भैसकेका छन् ।