नेपालगन्जमा राममन्दिरको उल्लासमा सहभागीमाथि आक्रमण, एकजना पक्राउ

नेपालगन्ज, ९ माघ
अयोध्यामा सोमबार गरिएको राममन्दिर प्राण प्रतिष्ठाको नेपालगन्जमा उल्लास मनाएर घर फर्किने क्रममा र्यालीमा सहभागी युवाहरुमाथि आक्रमण भएको छ । उक्त घटनामा ६ जना घाइते भएका बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए । पुरैनी, बेतहनी, जाफरपुरुवामा आक्रमणका घटना भएका हुन् । यसैगरी सोमबार दिउँसो जयसपुरमा पनि केहीबेर तनाव भएको थियो । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार आक्रमणमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् ।

Exit mobile version