शुक्रबारदेखि दुई दिने दोस्रो प्रोफेसनल हाप्किडो राष्ट्रिय प्रतियोगिता नेपालगन्जमा सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन केन्द्रीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका छन् ।
नेपाल हाप्किडो संघका प्रमुख प्रशिक्षक प्रविन गुरुङ्गले प्रतियोगितामा सातै प्रदेशका उत्कृष्ट खेलाडी, प्रशिक्षक, अफिसियलको सहभागिता रहेको बताएका छन् ।
प्रतियोगितामा विभिन्न उमेर समूहमा विभाजन गरिएको छ जसमा क्याडेट, जूनियर र सीनियर डिभिजनका खेलाडीहरूको प्रतिस्पर्धा भैरहेको छ ।
क्याडेट डिभिजन १२–१४ वर्षका बीचका खेलाडीहरूको लागि हुनेछ, सिनयर डिभिजन १५–१७ वर्षका खेलाडीहरूको लागि हनेछ, र सीनियर डिभिजन १८ वर्ष माथिका खेलाडीहरूको लागि हुनेछ । प्रत्येक डिभिजनमा पुरुष र महिलाका लागि विभिन्न तौल श्रेणीमा निर्धारण गरिएको छ, जसले समान प्रतिस्पर्धाको अवसर सुनिश्चित गर्ने आयोजकले बताएको छ ।
क्याडेट डिभिजन तर्फ (उमेरः १२–१४ वर्ष) पुरुष तौल श्रेणीहरू ३३ केजी, ३७ केजी, ४१ केजी, ४५ केजी, ४९ केजी, ५३ केजी. ५७ केजी, +५७ केजी तथा महिला तौल श्रेणीहरू २९ केजी, ३३ केजी, ३७ केजी, ४१ केजी, ४५ केजी, ४९ केजी, ५३ केजी, +५३ केजी तौलका खेलाडीहरू सहभागी हुनेछन् ।
यस्तै जुनियर डिभिजन तर्फ (उमेर १५–१७ वर्ष) पुरुष तौल श्रेणीहरू ४५ केजी, ४९ केजी, ५३ केजी, ५७ केजी, ६१ केजी, ६५ केजी, ३९, केजी, ७३ केजी, ७७ केजी, ७७ केजी तथा महिला तौल श्रेणीहरू ४२ केजी, ४६ केजी, ५० केजी, ५४ केजी, ५८ केजी, ६२ केजी, ६६ केजी, ७० केजी, ७४ केजी, ७४ केजी तौलका खेलाडीहरू खेल्नेछन् ।
सीनियर डिभिजन तर्फ (उमेर १८ वर्ष माथि) पुरुष तौल श्रेणीहरू ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी, ८५ केजी, +८५ केजी तथा महिला तौल श्रेणीहरू ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८५ केजी तौलका खेलाडीहरू सहभागी हुनेछन् ।