हेमन्तराज काफ्ले
शिक्षा प्रणाली समाजको आधारस्तम्भ हो जसले व्यक्ति र समाजलाई सभ्य प्रगतिशील र सुसंस्कृत बनाउँछ । शिक्षा प्राप्ति केवल विद्यार्थीको व्यक्तिगत जिम्मेवारी मात्र होइन यसमा शिक्षक अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सहकार्यले निकै नै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यी तीन पक्षबीचको सम्बन्धले मात्र सिकाइलाई प्रभावकारी बनाउने आधार तयार गर्न सकिन्छ । विशेषगरी वर्तमान समयको जटिल र प्रतिस्पर्धात्मक शैक्षिक वातावरणमा शिक्षक विद्यार्थी र अभिभावकको सम्बन्धले सिकाइलाई अझ व्यवस्थित प्रभावशाली र जीवन उपयोगी बनाउन सक्छ ।
शिक्षक र विद्यार्थीको सम्बन्ध सिकाइ प्रक्रियाको मुख्य आधार हो । शिक्षक केवल ज्ञान बाँड्ने व्यक्ति मात्र होइन तर उ विद्यार्थीको प्रेरक पथप्रदर्शक र जीवन तथा भबिस्य चम्किलो बनाउने एक आधार स्तम्भ हो । विद्यार्थीहरू आफ्नो अध्ययनको यात्रा र जीवनका विभिन्न पाटाहरूमा शिक्षकको मार्गदर्शनमा निर्भर रहन्छन् । एक कुशल शिक्षकले विद्यार्थीलाई शिक्षा मात्र होइन, जीवन जीउने कला आत्मविश्वास र सामाजिक व्यवहार पनि सिकाउँछ । शिक्षकको सकारात्मक दृष्टिकोणले विद्यार्थीको शैक्षिक परिणाममा मात्र नभई उसको व्यक्तित्व विकासमा पनि दीर्घकालीन प्रभाव पार्छ हाम्रो एक भनाई नै छ जस्तो गुरु उस्तै चेला ।
शिक्षण पद्धतिमा कठोरता संवादको अभाव वा शिक्षकको खराब व्यवहारले विद्यार्थीमा डर, र पढ्ने भावना नलाग्ने हुन सक्छ । यसैले शिक्षक र विद्यार्थीबीचको सम्बन्ध सहज पारिवारिक , पारदर्शी र सहयोगि हुनुपर्छ, जसले विद्यार्थीलाई प्रेरित मात्र नगरी जीवनको कठिनाइहरू सामना गर्न सिकाउछ । विद्यार्थी र अभिभावकबीचको सम्बन्ध विद्यार्थीको जीवनको अर्को महत्वपूर्ण पक्ष हो । अभिभावक बालबालिकाका पहिलो शिक्षक हुन् । प्रारम्भिक सिकाइका आधारभूत तत्वहरू उनीहरूले घरमै सिक्छन् । अध्ययनको प्रक्रियामा अभिभावकको भूमिकाले विद्यार्थीको मनोविज्ञान शैक्षिक उपलब्धि र सामाजिक व्यवहारमा महत्त्वपूर्ण प्रभाव पार्छ । घरमा सकारात्मक वातावरण सिर्जना गर्न बालबालिकाका समस्या बुझ्न र तिनीहरूको पढाइमा सहायक बन्ने अभिभावकको ठुलो कर्तव्य हो । केही अभिभावकले आफ्ना बालबालिकालाई अत्यधिक दबाब दिनु उनीहरूका रुचि र क्षमता नबुझी आफ्नो अपेक्षा थोपार्ने जस्ता त्रुटि गर्दछन् । यसले विद्यार्थीको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ । अभिभावकले आफ्ना बालबालिकाको अध्ययन खेलकुद र अन्य गतिविधिमा सन्तुलन कायम गर्न मद्दत गर्नुपर्छ । साथै विद्यालयमा आयोजना हुने अभिभावक–शिक्षक बैठकहरूमा नियमित रूपमा सहभागी भई आफ्नो बालबालिकाको प्रगतिबारे जानकारी लिनुपर्छ नियमित बिधालय अनुगमन गर्ने ।
शिक्षक र अभिभावकबीचको सहकार्य विद्यार्थीको सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउने महत्वपूर्ण आधार हो । विद्यार्थीको व्यक्तिगत विकास र शैक्षिक प्रगतिमा यी दुई पक्षको सक्रिय संवादले ठूलो प्रभाव पार्छ । शिक्षकले विद्यार्थीको विद्यालयमा देखिने व्यवहार र अध्ययनको स्थितिबारे अभिभावकलाई जस्ताको तस्तै जानकारी गराउनु आवश्यक छ । त्यस्तै अभिभावकले घरमा बालबालिकाको स्वभाव, रुचि, र समस्या शिक्षकलाई पनि बास्तबिकता जस्ताको तस्तै बताउनुपर्छ । यो सहकार्यले विद्यार्थीको कमजोर पक्षलाई समयमै सुधार्न र उनको क्षमतामा वृद्धि गर्न सहयोग पु¥याउँछ । अभिभावक शिक्षक बैठक को आयोजन नियमित परामर्श र विद्यार्थीको प्रगतिबारे साझा योजना निर्माणले यस सहकार्यलाई अझ सशक्त बनाउँछ । तर संचारको अभाव एकअर्काप्रतिको विश्वासको कमी र असंलग्नताले यी सम्बन्धलाई कमजोर बनाउन सक्छ ।
शिक्षक विद्यार्थी र अभिभावकबीचको सम्बन्धको प्रभाव केवल विद्यार्थीको व्यक्तिगत प्रगतिको लागि सीमित हुदैन यसले समाजको समग्र विकासमा पनि योगदान पु¥याउँछ । यी सम्बन्धहरूको सुदृढताले विद्यार्थीमा आत्मविश्वास सकारात्मक सोच र सामाजिक उत्तरदायित्वको बोध गराउछ । उनीहरू भविष्यमा सक्षम जिम्मेवार र समाजका लागि असल नागरिक बन्न सक्छन् । साथै यी सम्बन्धहरूले केवल शैक्षिक क्षेत्रमा मात्र होइन विद्यार्थीको मानसिक, भावनात्मक र नैतिक पक्षहरूमा पनि गहिरो प्रभाव पार्छ । यसैले शिक्षक विद्यार्थी र अभिभावकबीचको पारस्परिक विश्वास सहकार्य र सन्तुलन कायम राख्न आजको समयमा अत्यन्तै आवश्यक छ ।
शिक्षक–विद्यार्थी र अभिभावकबीचको सम्बन्ध सिकाइको प्रभावकारी आधार हो । यी सम्बन्धहरूले शिक्षा प्रणालीलाई मात्र होइन समाजलाई पनि नयाँ उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्छन । शिक्षाको उद्देश्य केवल प्रमाणपत्र प्राप्त गर्नु मात्र होइन यसले व्यक्तिको समग्र विकास र समाज र राष्ट्रको प्रगतिमा योगदान पु¥याउनुपर्छ । त्यसका लागि शिक्षकले आफ्नो ज्ञान र मार्गदर्शनद्वारा विद्यार्थीलाई प्रेरित गर्नु अभिभावकले घरमा सकारात्मक वातावरण सिर्जना गर्नु र दुबै पक्षले मिलेर विद्यार्थीको उज्ज्वल भविष्य निर्माण गर्नुपर्छ । यी सम्बन्धहरू सुदृढ बनाउनका लागि विद्यालय परिवार र समाजले साझा रूपमा काम गर्नुपर्छ जसले सिकाइलाई सार्थक प्रभावकारी, र जीवन उपयोगी बनाउन सक्नेछ र भविस्यका कर्णधारलाई सक्षम र सफल बनाउने छ । बिधालय वा विद्यार्थी असफल हुनु भनेको रास्ट्र असफल हुनु हो त्यसैले समयमा सबैले आफ्नो आफ्नो बास्तबिक जिम्मेवारीलाई बोध गर्न निकै जरुरी ।