राष्ट्रियसभा सदस्यका लागि आज मतदान हुँदै

नेपालगन्ज । आज राष्ट्रियसभा  सदस्यका लागि मतदान हुँदैछ । सातवटै मुकामका मतदान केन्द्रमा आज बिहान ९ बजेदेखिअपराह्न ३ बजेसम्म मतदान हुने छ ।

मतदाताले आगामी फागुन २० बाट पदावधि सकिने राष्ट्रियसभाका २० मध्ये १९ सदस्यका लागि मतदान गर्दै छन् । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले मतदान सकिएको तीन/चार घण्टाभित्रै परिणाम घोषणा हुने बताए । उनका अनुसार सातवटा प्रदेशमा रहेका मतदानस्थलमा १९ पदकै लागि मत हाल्ने केन्द्र छन् । लुम्बिनीमा कर्मचारी मिलन केन्द्र, कर्णालीमा निर्वाचन कार्यालय र सुदूरपश्चिममा प्रदेशसभा भवनलाई मतदानस्थल तोकिएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशका सांसद, नगरपालिका र गाउँपालिकाका प्रमुख/उपप्रमुख मतदाता हुन्छन् । कर्णाली र सुदूरपश्चिमबाट तीन/तीन तथा लुम्बिनी प्रदेशबाट दुई सिटका लागि चुनाव हुँदैछ ।

Exit mobile version