ब्याडमिन्टनको कुरा हुँदा रतन कुमार टण्डनलाई कहाँबाट सम्झने होला ?
ब्याडमिन्टनमा मेरो पहिला देखि नै लगाव थियो । हामीले किशोर बहादुर सिंहको पालादेखि नै ब्याडमिन्टनमा सक्रिय हुँदै आएको हो । बीचमा चाही मैले अध्यक्ष हुँदा खेलाडीहरुको कसरी विकास गर्ने भनेर बुबा कृष्ण गोपाल टण्डनको नाउँबाट केही बर्ष प्रतियोगिता पनि चालु गर्यौं । त्यसपछि दोस्रो महेन्द्र मेमोरियल ब्याडमिन्टन प्रतियोगिता यही नेपालगन्जमा हामीले आयोजना गर्यौं । नेशनल प्रतियोगिताहरु पनि हामीले आयोजना गर्यौं । खेलाडीहरु सुदिप योञ्जन यहीको प्रोडक्ट हुन्, अनिल लाखे, जयन्द्र श्रेष्ठ लगायतका नेशनल खेलाडीहरुको एक्सपोजरका लागि समय समयमा खेलाडीहरु पनि अन्तर्राष्ट्रिय भ्रमण पनि गराइयो ।
कसरी अगाडि बढ्दा राम्रो होला ?
ब्याडमिन्टनमा हामीले भरसक प्रयास गरेको हो । परिस्थिति पनि त्यस्तै सिर्जना हुँदै गएको हो । त्यसमा म फिट हुन सकिन र मैले त्यहाँबाट आफुलाई ब्याकआउट गरेको हो ।
त्यसपछि म वेट लिफ्टिङ्गमा लागे । सन् २०१२ मा दक्षिण एशियाली प्रथम भारोत्तोलन मैले यही नेपालगन्जमा गराएको हो । सन् २०१५ मा भुकम्पका कारण अन्तर्राष्ट्रिय एशियन वेष्ट लिफ्टिङ्ग फेडरेसन जुनियर र सिनियरको प्रतियोगिता सर्यो । इन्टरनेशनलमा पनि राम्रै गर्दै गयो । बीचमा परिस्थितिले मैले त्यहाँबाट आफुलाई ब्याक आउट गरे ।
अब अहिले म खाली ओलम्पिकमा कोषाध्यक्ष भएर बसेको छु । सन् २०२४ सम्म मात्रै हो । समय र परिस्थिति ब्याकआउट भएको हो ।
खेलको विकासका लागि सम्बन्धित सुझाव मागे भने दिन पनि तयार छु । नमागेको अवस्थामा कसरी भन्ने ?
समस्या के हो त ?
खेलको कुरा गर्ने धेरै कुरा छ । ब्याडमिन्टनका कुरा गर्दा धेरै कुरा गरियो, समय परिस्थितिले यस्तो अवस्था ल्याइदियो । भारोत्तोलनमा लगानी गरेर अन्तर्राष्ट्रिय प्रतियोगिता गरियो त्यो पनि चाहीँ समय परिस्थितिले ब्याकफुटमा राख्यो । अहिले फुटबलकै कुरा गरौं भेरी शिल्ड गरौं स्टार्ट गरौं, मेरो सहयोग के हुन्छ भन्दा वास्ता नगर्ने ?
मेरो भनाइ के छ, भने खेलकुदलाई पहिला राजनीतिबाट हटाइदिनु पर्छ । राजनीति नगरेपछि अटोमेटिक खेलको विकास हुन्छ । हाम्रो यहाँ वेश नै छैन । जुनसुकै खेल होस् टार्गेट हुनु पर्यो । एउटा टार्गेट राखेर खेलाडी खेल्नुपर्छ ।