आधुनिक कृषिमा उत्पादन वृद्धि र रोग नियन्त्रणका लागि विषादीको प्रयोग धेरै गरिन्छ । यसको अत्यधिक प्रयोगले पर्यावरण मानिस जनावर चरा र किरा सबैमा गम्भीर नकारात्मक प्रभाव पारिरहेको छ। विषादीयुक्त खाद्यान्न सेवनले मानिसमा क्यान्सर, हर्मोन असन्तुलन प्रजनन समस्या र स्नायुतन्त्रमा क्षति पु¥याउँछ ।
ग्रामीण क्षेत्रमा विषादीको असुरक्षित प्रयोगले स्वास्थ्य जोखिम अझ बढी छ नेपालमा क्यान्सरका बिरामी बढ्नको कारण पनि एक अत्यधिक बिसाधीको प्रयोग हो । जनावरहरूमा विषादीयुक्त चारा खाँदा प्रजनन क्षमतामा कमी र दीर्घकालीन रोग देखा परेको छ। विशेष गरी परागसेचनमा योगदान गर्ने प्रजातिहरू विषादीको प्रभावले संकटमा परेका छन्। मौरीजस्ता कीटहरूको ठूलो संख्यामा मृत्यु र लोप हुन थाले भने पारिस्थितिक असन्तुलन निम्त्याउने छ । यस समस्याको समाधानका लागि जैविक खेती प्राकृतिक कीट नियन्त्रण विधि र विषादी प्रयोगबारे जानकारी सरकारले दिन आवश्यक छ। दीर्घकालीन रूपमा विषादीको प्रयोग घटाएर दिगो र सुरक्षित कृषि प्रणालीलाई प्रवद्र्धन गर्नु नै मानव स्वास्थ्य र पर्यावरण संरक्षणका लागि महत्वपूर्ण उपाय हो । कृषि उत्पादन बस्तुहरू हाम्रो जीवनको आधारभूत आवश्यकता हो तर यसलाई उत्पादक बनाउनका लागि प्रयोग गरिने विषादीहरूले पर्यावरण र प्राणी जगतमा गम्भीर असर पु¥याएको छ। आधुनिक कृषि प्रणालीले उत्पादन वृद्धि गर्न र रोग नियन्त्रण गर्न विषादीको अत्यधिक प्रयोगलाई प्राथमिकता दिएको छ तर विषादीको बढि प्रयोगले मानिस जनावर, चरा, र किरा लगायत सम्पूर्ण पारिस्थितिक तन्त्रमा दीर्घकालीन नकारात्मक असर पारेको छ ।
कृषिमा प्रयोग हुने विषादीहरू उत्पादन वृद्धि र रोग नियन्त्रणका लागि प्रयोग गरिन्छ, तर यसको असुरक्षित र अत्यधिक प्रयोगले स्वास्थ्य र पर्यावरणमा नकारात्मक प्रभाव पार्छ। कीटनाशकहरू जस्तै क्लोरपाइरिफस, इमिडाक्लोप्रिड, र साइपरमेथ्रिन कीट नियन्त्रणका लागि प्रख्यात छन् भने फङ्गीसाइडहरूमा म्यानकोजेब, कार्बेन्डाजिम र प्रोपिकोनाजोल प्रयोग गरिन्छ। यस्तै, घाँस व्यवस्थापनका लागि हर्बीसाइडहरू जस्तै ग्लाइफोसेट, एट्राजिन र पैराक्वाट लोकप्रिय छन्। नेमाटोसाइडहरू जस्तै कार्बोफ्युरान र फेनामिफोस, माटोका हानिकारक जिवाणु नियन्त्रण गर्न प्रयोग हुन्छन् । यी विषादीहरू आवश्यक भए पनि अनियन्त्रित प्रयोगले मानिसमा क्यान्सर हर्मोन असन्तुलन र जैव विविधतामा क्षति पु¥याउने सम्भावना हुन्छ। त्यसैले विषादीको सुरक्षित प्रयोग र जैविक विकल्पको प्रवद्र्धन गर्नुपर्ने आवश्यकता छ। विषादीको प्रत्यक्ष सम्पर्क वा सेवनले मानिसको स्वास्थ्यमा धेरै किसिमका समस्या उत्पन्न भएका छन् ।
विषादीको उत्पादन र छर्किने क्रममा कामदारहरूमा विषालु ग्यासको प्रभावले छाला रोग श्वासप्रश्वास समस्या र आँखामा जलन हुने गर्छ। ग्रामीण क्षेत्रमा जहाँ विषादीको सुरक्षित प्रयोगको ज्ञान अभाव छ मानिसहरू थाहा नपाएर विषादीको जोखिममा परिरहेका छन् । कृषिमा प्रयोग हुने विषादीहरूले जनावर र चराचुरुङ्गीहरूको जीवनचक्रमा गम्भीर असर पु¥याउँछन्। विषादीयुक्त घाँस वा अनाज खाएका जनावरहरूमा प्रजनन क्षमता कम हुने र दीर्घकालीन स्वास्थ्य समस्या देखिने गर्छ। चराहरूको अवस्थामा विषादीले उनीहरूको अण्डाको खोल पातलो हुने समस्या निम्त्याउँछ जसले प्रजनन चक्रमा बाधा पु¥याउँछ। किरा विशेषगरी परागसेचनमा महत्त्वपूर्ण भूमिका खेल्ने मौरी भमरा अन्य किराहरू विषादीको प्रभावले ठूलो सङ्ख्यामा मर्ने गरेका छन्। यसले सम्पूर्ण पारिस्थितिक प्रणालीलाई असन्तुलित बनाई रहेको छ । कृषिमा किटनाशक दवाइको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा गहिरो असर गर्दछ । विशेष गरी गर्भवती महिलाहरू नवजात शिशुमा यसको प्रभाव झन् चिन्ताजनक छ। किटनाशक दवाइहरूले वातावरण पानी माटो र खाद्य प्रदूषित गर्दै मानव शरीरमा विषाक्त पदार्थहरू संचित भएको छ ।
जब गर्भवती आमाले तरकारी दाल भातमा किटनाशकको अवशेष छ भने सजिलै आमाको शरीरमा प्रवेश गर्छ। यो अवशेष स्तनपान मार्फत बच्चाको शरीरमा पनि जान्छ। अनुसन्धानले देखाएको छ कि आमा दूधमा यी विषाक्त पदार्थहरूको मात्रा कहिलेकाहीँ धेरै उच्च हुने गर्दछ।जसले नवजात शिशुको शारीरिक र मानसिक विकासमा दीर्घकालीन असर पु¥याउन सक्छ । विषादीको असरबाट बच्नका लागि जैविक कृषि प्रणाली अपनाउनु अत्यन्त महत्वपूर्ण छ । जैविक खेती जैविक खेती प्राकृतिक स्रोतहरूको उपयोग गर्दै गरिने कृषि पद्धति हो। जसले रासायनिक मल र विषादीहरूको सट्टा जैविक मल जैविक कृषि पौराणिक प्रचलनका किटनासक जैबिक औसधिको प्रयोग गर्नु जरुरी छ । यस पद्धतिले माटोको उर्वरता पर्यावरणीय सन्तुलन जनस्वास्थ्यलाई प्राथमिकता दिन्छ। जैविक खेतीले माटोमा पाइने जीवाणु कृमि र अन्य लाभदायक जीवहरूको संरक्षण गरी माटोलाई उपजाऊ बनाउँछ। यसले पानीको स्रोतको संरक्षण र जलवायु परिवर्तनलाई कम गर्न योगदान पु¥याउँछ। जैविक खेतीबाट उत्पादित खाद्यान्न स्वादिष्ट र पोषणयुक्त हुने भएकाले यसको माग विश्वबजारमा निकै बढ्दो छ । जैविक खेती अपनाउँदा परम्परागत ज्ञानको पुनर्जीवन हुनसक्छ। यसको लागि किसानहरूलाई उचित तालिम, प्रोत्साहन र जैविक उत्पादनको बजार व्यवस्थापन आवश्यक हुन्छ । जैविक खेतीले दीर्घकालीन कृषि प्रणालीलाई टेवा दिएर पर्यावरण र मानव जीवनलाई सन्तुलित बनाउन महत्वपूर्ण भूमिका खेल्छ ।
विषादीको प्रयोगलाई न्यून गर्दै प्राकृतिक कीट नियन्त्रण विधिहरू जस्तै किरा खाने किरा जैविक मल र प्राकृतिक कीटनाशकको प्रयोगलाई प्रवद्र्धन गर्नुपर्छ। जनचेतना फैलाएर विषादीको सुरक्षित प्रयोगबारे किसानलाई जानकारी दिन सकिन्छ । साथै विषादीको असर कम गर्न वैज्ञानिक अनुसन्धान र सरकारको नीतिगत समर्थनले दीर्घकालीन समाधानको ढोका खोल्न सक्छ। कृषि उत्पादनलाई बढाउने नाममा अत्यधिक विषादीको प्रयोगले मानिस जनावर र किरालाई प्रत्येक्ष रूपमा असर पु¥याएको छ। यसलाई नियन्त्रण गर्न प्राकृतिक र दिगो कृषि प्रणालीमा जोड दिनुपर्छ। मात्र यसैबाट पारिस्थितिक सन्तुलन कायम राख्न र स्वस्थ भविष्य बनाउन सकिन्छ ।