गत बर्ष चैत्रमा भएको हत्या घटनाका दोषीलाई कारवाहीको माग गर्दै पीडित परिवारले मंगलबार नेपालगन्जको धम्बोझी चोकमा चक्काजाम गरेका छन् ।
गत बर्ष चैत्र दोस्रो साता नेपालगन्ज उपमहानगरपालिका–२१ बिर्तामा अरबी खाँको हत्या भएको थियो । उक्त घटना भएको १० महिना हुनलाग्दा पनि हत्यारा पत्ता लगाइ कारवाही नगरेको भन्दै विरोधमा धम्बोझी चोकमा पीडितका आफन्त र स्थानीयले चक्काजाम गरेका हुन् ।
चक्काजामबाट धम्बोझी चोकबाट हुने सवारी आवातजावत ठप्प भएको छ ।