सजी मोटर्सले नेपालगन्जमा हिरोको एक्स्ट्रिम सिरिजका दुई नयाँ मोटरसाइकल ‘लन्च’ गरेको छ । बिहीबार भव्य म्युजिकल कन्सर्ट बीच एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभी आर लन्च गरिएको हो ।
प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले लन्च गरेको मोटरसाइकलका ग्राहकलाई नेपालगन्ज स्थित हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता एमएस टे«ड इन्टरनेशनलका डाइरेक्टर श्याम शर्मा र चण्डीप्रसाद अर्यालले साँचो हस्तान्तरण गरे ।
कार्यक्रममा अटो क्षेत्रका विभिन्न अगुवाहरूको उपस्थिति बीच चर्चित राष्ट्रिय कलाकार निशान्त भट्टराईले सांगीतिक प्रस्तुति गरेको कार्यक्रममा नगर प्रमुख विष्ट, वडाध्यक्ष कौशल कुमार धोवी, कार्यपालिका सदस्य बसन्त कनोजिया, अटो मोबाइल्स एशोसिएसनका अध्यक्ष नरेन्द्र ओली, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई लगायतले मञ्चमै पुगेर एक्स्ट्रिम सिरिजबारे जानकारी लिएका थिए ।
कार्यक्रममा नगर प्रमुख विष्टले नेपाली जनताले मन पराउने सवारी साधनको रूपमा हिरोका उत्पादन रहेको चर्चा गरे ।
एमएस ट्रेड इन्टरनेसनलका प्रबन्ध संचालक माधव अर्यालका अनुसार, पहिलो दिननै ग्राहकले एक्स्ट्रिम सिरिजका दुवै ब्राण्डलाई मनपराएर बुकिङ्ग पनि गरेका छन् । ‘तीन वटा मोटरसाइकल पहिलो दिन नै हस्तान्तरण भयो’, अर्यालले दैनिक नेपालगन्जसँग भने, ‘बुकिङ्ग धेरैले गर्नुभएको छ ।’
त्यसअघि राइडरहरूले एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभी आर मोटरसाइकल र्याली गरेका थिए ।