नक्कली श्रेस्ता बनाई ऋण लिई ठगी गर्ने तीन पक्राउ

नक्कली श्रेस्ता बनाई ऋण लिई ठगी गर्ने तीन पक्राउ

नक्कली जग्गा धनी श्रेस्ता बनाई बैंकमा धितो राखी रकम ठगी गर्ने तीन जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले डुडुवा गाउँपालिका वडा नं. ५ जग्गाको नक्कली श्रेस्ता बनाई ठगी गरेको फेला पारेको हो ।

जुम्ला चन्दननाथ नगरपालिका वडा नं.८ बस्ने रेशमा श्रेष्ठको नाममा दर्ता रहेको डुडुवा ५ को कि.नं.९५१ र कि.नं.९५२ क्षेत्रफल ११,०६०.३८ व.मी. (३३ कठ्ठा) जग्गाको जग्गाको नक्कली जग्गा धनी पुर्जा बनाई बैंकमा राखी ऋण लिई ठगी गरेको अनुसन्धानमा फेला परेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक आयुश प्रसाद जोशी जानकारी दिएका छन् ।

‘जग्गाको नक्कली श्रेस्ता बनाई मुक्तिनाथ विकास बैंक लिमिटेड लगनटोल काठमाडौंबाट रु १ करोड २० लाख रकम कर्जा लिई उक्त रकम बाँडी ठगी खानेलाई कानुनी कारवाही
अगाडि बढाइएको छ’, बाँके प्रहरीले भनेको छ ।

ठगीमा संलग्न काभ्रेपलान्चोक बनेपा नगरपालिका वडा नं.१ वस्ने गौरव कार्की, सोही ठाउँका ईश्वरी माया रोका र बारा जितपुर नगरपालिका वडा नं. ३ वस्ने दिलिप कुमार सिंह
बाँकेबाट खटिएको प्रहरी टोलीले काठमाडौंको बुद्धनगर र कोटेश्वरबाट पक्राउ गरेको प्रहरी प्रवक्ता जोशीले जानकारी दिए ।

Exit mobile version