बसन्त कुमार उपाध्याय
खजुरा गाउँपालिका वडा नं. ३ की उजेली राणाभाट आफ्ना घरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई देखेर बिहिबार आफ्ना सन्तान सम्झिंदै भाव विह्वल भइन् । उनले फूलमाला सहित अध्यक्ष दाहाललाई स्वागत पनि गरिन् । २०५८ फागुन १६ गते डम्बर रानाभाट र कोपीला राणाभाट बेपत्ता भएको परिवारमा उपस्थित सहिद परिवारसँग अध्यक्ष दाहालले भेटघाट गरेका हुन् ।
सहिद परिवारबाट स्वागत ग्रहण गर्दै अध्यक्ष दाहालले सहिदको सम्मानका खातिर आँफु प्रतिबद्ध भएको भन्दै उजेली राणाभाटलाई सम्झाउने प्रयास गरेका थिए ।
नेकपा माओवादी अध्यक्ष दाहालले बाँकेका सहिद परिवार सम्झिएर उनकै घरमा खाना समेत खाएका छन् । बाँकेको खजुरा–३ मा सहिद राणाभाट परिवार घरमा खाना खाएर केहीबेर सुस्ताएका थिए । द्वन्द्वको अवधिमा बाँकेको खजुरा क्षेत्रका १४ जनाको ज्यान गएको थियो ।
नेकपा माओवादीका अध्यक्ष दाहालले अब शुरु हुने हिउँदे अधिवेशन १८ गते देखि सदनमा एक पटक संसदको लडाइँ शुरु गर्ने उदघोष गर्नुले प्रतिपक्ष सशक्त भएर संसदको विजनेसमा सहभागी हुने संकेत दरगरेका छन् ।
माओवादी अध्यक्ष प्रचण्डले संसदको पहिलो र दोस्रो दल मिलेर बनेको गठबन्धन सरकार अप्राकृतिक भएको आरोप सहित खरो रूपमा सरकारको आलोचना समेत गरेका छन् ।
तेस्रो पटक प्रधानमन्त्री भएपछि भ्रष्ट्राचार विरुद्ध अभियान छेडेकै कारण आँफु सत्ताबाट बाहिरिनु परेको भनेका अध्यक्ष दाहालले माओवादी अध्यक्ष दाहलले संविधानको धारा ७६ को ३ मा बनेको सरकार असंवैधानिक भएको दावी गरिदिए ।
जवर्जस्ति संविधान मिचेर प्रतिक्रान्ति तरिकाले सत्ताबाट आँफुलाई हटाएको भन्दै संसदमा आफ्नो सिट संख्या कम भएकाले अबको चुनावमा संसद संख्या बढाउनेगरी काम गर्न कार्यकर्तालाई निर्देशन दिनुले पार्टी संगठनमा ज्यान भर्न खोजेका थिए । पहिलो संविधान सभा ०६४ मा जस्तै बहुमतको सरकार बनाउने गरि साथ दिन पनि अध्यक्ष दाहालले जनतामाझ अपील गरेका छन् ।
अध्यक्ष दाहालले हिन्दूस्तानसँग समेत ऐतिहांसिक हितका सम्झौता गरेको पनि स्मरण गरे । अध्यक्ष दाहालले भने, ‘विगतमा भएका कमि कम्जोरी स्विकार गर्छु ।’ माओवादी अध्यक्ष दाहलले ४० बर्ष अघि पहिलो पटक खजुरा आएको समेत सम्झिए ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले बाँके पुगेर माओवादीका पुराना कार्यकर्ताहरू पुनः माओवादीमै फर्काउने प्रयास गरेका छन्। बाँकेका विभिन्न स्थानीय तहका अन्य पार्टीबाट माओवादीमा प्रवेश गर्न चाहनेहरूलाई पार्टी प्रवेश गराए । जेष्ठ कम्युनिष्ट मञ्चका नेताहरूलाई समेत अध्यक्ष दाहालले सम्मान पत्र प्रदान गरेका थिए ।
विहिबार बाँकेको खजुरा गाउँपालिका तहको अधिवशनका लागि भन्दै अध्यक्ष प्रचण्ड सुर्खेतको फेरो मारेर बाँके पुगेका हुन् । सत्ता गुमेपछी देश दौडाहमा हिंडेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्व निर्धारित कार्यक्रममा जसरी पनि पुग्छन् ।
अध्यक्ष दाहालले सहिद परिवारको घरबाटै पार्टीलाई फेरी बलियो बनाउने प्रतिबद्धता जनाउँदा उनि स्वयं भावुक देखिन्थे ।
अध्यक्ष दाहालले खजुराको जनता मा वि सन्तकोटीमा निर्माण गरिएका सहिदहरूका शालिक समेत अनावरण गरे । साथै खजुरा गाउँपालिकाको वहुद्देश्यीय सभाहलको पनि उद्घाटन गरेका थिए ।
विहिबार बाँकेको खजुरा गाउँपालिका तहको अधिवशनका लागि भन्दै अध्यक्ष दाहाल सुर्खेतको फेरो मारेर बाँके पुगेका हुन् ।
मौषमको प्रतिकुलताका कारण नेपालगन्ज विमानस्थल खुल्ने सम्भावना कम भएपछी अध्यक्ष दाहाल सुर्खेत विमानस्थलको प्रयोग गरेर बाँके पुगेका थिए।
केही समय यता प्रचण्ड मोर्निङ्ग वाल्क गर्दै स्थानीय स्तरमा जनता माझ समेत पुग्छन् ।
२०४८ सालमा चितवनमा सम्पन्न महाधिवेशनले दाहाललाई महासचिव बनाएको थियो । त्यहाँबाट यहाँ सम्म आइपुग्दा १० वर्षे सशस्त्र युद्धको कमाण्डर समेत रहिसकेका अध्यक्ष दाहाललाई संशोधनवादी कित्तामा उभिएको गम्भिर आरोप समेत लाग्छ ।
कम्युनिष्टका चिनियाँ र रुशी मोडलबाट सिक्दै फ्युजन गर्ने भाषण त अध्यक्ष प्रचण्डले सातौं एकता महाधिवेशन हेटौडाको हुँप्राचौरमै दिएका थिए ।
माओवादी अध्यक्ष दाहलको एक दिनको बाँके यात्रामा उनि दिनभरी सक्रियताका साथ पूर्व निर्धारित कार्यक्रममा पुगेका थिए ।