हवल्दारपुरमा सडक दुर्घटना हुँदा एकजनाको मृत्यु

नेपालगन्ज । कोहलपुर-१४ हवल्दारपुरमा आज बिहान ट्रक र मिनी बस ठोकिँदा एकजनाको मृत्यु भएको छ । रुपन्देही देवदह नगरपालिका-६ खैरेनीका ३५ वर्षीय रामकृष्ण गोतामेको उपचारका क्रममा मृत्यु भएको छ ।

घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परि अन्य दुईजना घाइते भएका छन् । मिनि बसमा सवार रुकुम पश्चिम सानिभेरी गाउँपालिका वडा नम्बर ३ का ३५ वर्षीय लोकेन्द्र विक, उनको श्रीमती ३५ वर्षीया रामकला विक घाइते भएका छन् ।

नेपालगन्जबाट कोहलपुरतर्फ आउँदै गरेको भे१ख ४०३३ नम्बरको मिनी बस र पूर्वबाट पश्चिमतर्फ बाटो क्रस गर्न लागेको ना५ख ८५६६ नम्बरको ट्रक ठोकिएका ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले जनाए ।

Exit mobile version