लुम्बिनी कप महिला फुटबलः संघीय सासद शर्माद्धारा सचिवालय र रंगशालाको अनुगमन

संघीय सांसद एवम् नेकपा (एमाले) की महिला नेतृ दिपा शर्माले लुम्बिनी कप महिला फुटवल प्रतियोगिता तयारीका बारे जानकारी लिनु भएको छ ।

प्रतियोगिता आयोजनास्थल नेपालगञ्ज रंगशाला र सचिवालयको अनुगमन गर्ने क्रममा सांसद शर्माले हालसम्म भएका कार्यप्रगतिका बारेमा जानकारी लिनुभएको हो ।

अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा आगामी फागुन १९ देखि २९ गतेसम्म नेपालगञ्जमा लुम्बिनी कप महिला फुटबल हुँदैछ । प्रतियोगितामा भारतका दुई र नेपालका ६ सहित आठ टीमको सहभागिता रहने जनाइएको छ ।

अनुगमनका क्रममा सांसद शर्मालाई अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले अहिलेसम्म भएका तयारीका सम्बन्धमा जानकारी गराउदै प्रतियोगितालाई भव्यरुपमा सफल बनाउन सबैले आ—आप्नो क्षेत्रवाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा सांसद शर्माले प्रतियोगिता तयारीका क्रममा आवश्यक सहयोग गर्न आफु तत्पर रहेको आश्वासन दिदै प्रतियोगितामा केन्द्र, प्रदेश र स्थानीय तहलाई समेटर लैजान सुझावसमेत दिनुभयो ।

अनुगमनमा लुम्बिनी कप महिला फुटबल मिडिया संयोजक नीरज गौतम, सचिवालय प्रमुख रमेश मल्ल, समन्वय तथा परिचालन उपसमिति संयोजक तेजविक्रम शाहलगायतको सहभागिता रहेको थियो ।

Exit mobile version