नेपालगन्ज साइक्लिलिङ्ग क्लबले आयोजना गरेको साइकल फेष्टिबल अन्तर्गतको टुर दि ठाकुरद्वाराको सातौं संस्करणमा सहभागिता उत्साहजनक देखिएको आयोजकले जनाएको छ ।
आयोजक क्लब अध्यक्ष प्रदिप सापकोटाले मंगलबार तयारीका लागि बसेको बैठकले गरेको समीक्षामा त्यो उत्साहजनक सम्भावना देखिएको
बताए ।
माघ २० गते रजिष्ट्रेशनका लागि अन्तिम मिति रहेकाले त्यसैअनुसार सहभागीहरूको आवेदन आउने क्रम जारी रहेको जानकारी दिंदै अध्यक्ष सापकोटाले १० बर्षसम्मका बालबालिकाहरूका लागि आयोजना हुने साइकल दौडमा पनि करिब ६० जना प्रतिस्पर्धी सहभागी हुने बताए ।