बाँके प्रहरीले लागुऔषध ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो नेपालगन्ज बाँके र इ.प्र.का. जमुनाहबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार जमुनाहबाट लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको हो ।
बाँके प्रहरीका अनुसार, भारतबाट नेपाल तर्फ संगै आइरहेका सुर्खेतका भक्तराज थापा र दैलेखका हिमाल खड्कालाई शंका लागि चेकजाँच गर्ने क्रममा थापाको जुत्ताबाट ११ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर फेला पारेको हो । प्रहरीले थापा र खड्का दुवैलाई पक्राउ गरी कारवाही अगाडि बढाएको छ ।