नेपालगन्ज । नेपालगन्जमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद् लुम्बिनी प्रदेशका सदस्य सचिव जयप्रकाश भट्टराईले उक्त प्रतियोगिताको उद्घाटन गरे ।
प्रतियोगितामा विभागीय टोलीसहित दुई सय २५ खेलाडीले सहभागिता जनाउने छन् । बाँकेमा दोस्रोपटक २४ वर्षपछि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । यसले यहाँको खेलकुद क्षेत्रमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुष एकल खुला, पुरुष युगल, महिला एकल, पुरुष युगल बी लेभल र ४५+ भेट्रान्स डबल्स विधामा प्रतिस्पर्धा हुने बाँके जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सञ्जय थापाले जनाए ।