बाँकेको जानकी गाउँपालिकाको १७औं गाउँसभा मंगलबार सम्पन्न भएको छ ।
गाउँपालिकाका अध्यक्ष छब्बन खाँको सभाध्यक्षतामा भएको गाउँसभाले स्थानीय सरकार संचालन ऐन २०७४ को मर्म अनुरूप आ.व. २०८१÷०८२ को योजना÷कार्यक्रम तथा वजेट संशोधन एवं रकमान्तर र जानकी गाउँपालिका नगर प्रहरी ऐन, २०८१ पारित गरेको गाउँपालिकाका प्रवक्ता टिकानाथ यादवलले जानकारी दिए ।
गाउँपालिकाको १७औं गाउँसभामा पालिकाका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकिय अधिकृत नर वहादुर वि क, १ देखि ६ नम्वर वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, पालिकाका विभन्न शाखाका प्रमुखहरू लगायत कर्मचारीहरूको समेत उपस्थिति रहेको
थियो ।