जबरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ

नेपालगन्ज । एक किशोरी र अर्की १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्लाका छुट्टा-छुट्टै ठाउँमा भएका घटनामा १६ वर्षीय किशोर र बारबर्दिया-९ का २४ वर्षीय कृष्णबहादुर शाही पक्राउ परेका हुन् ।

बढैयाताल गाउँपालिका–३ कि अन्दाजी १४ वर्षीया एक किशोरीलाई १६ वर्षीया किशोरले जबरजस्ती करणी गरेको आरोप छ भने बारबर्दिया नगरपालिका-९ कि एक १३ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शाहीलाई पक्राउ परेका छन् ।

Exit mobile version