सिद्धार्थमा ४१ थरी मःमको स्वाद

नेपालगन्जमा ‘मःम फेष्टिबल’ शुरु भएको छ । सिद्धार्थ कटेजले आयोजना पहिलो पटक आयोजना गरेको ‘मःम फेस्टिवल’ को बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले गरे ।

स्वादका पारखीहरूका लागि एकै थलोमा ४१ थरि मःम पस्किएको मःम फेष्टिबल मा दोस्रो दिन आज शुक्रवार साँगीतिक कार्यक्रमसहितको स्वाद पस्किइन सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका निर्देशक केशव न्यौपानेले जानकारी दिए ।

प्रतियोगितात्मक फेष्टिबलमा मःमसँगै ‘कम्युनिटी कुकिङ’ प्रतिष्पर्धा गरिंदैछ । आयोजक सिद्धार्थ कटेजका अपरेशन म्यानेजर पदम न्यौपानेले स्थानीय उत्पादनहरूलाई प्रमोशन गर्ने उद्देश्यले मःम फेष्टिबल आयोजना गरिएको बताए । मःम क्वीज, लाइभ म्युजिक, दोहोरी साँझ, गजल नाइट लगायतका विभिन्न प्रतियोगिताहरू संचालन हुने उत्सवमा प्रत्यक्ष मम पकाउने प्रतियोगिता पनि हुने न्यौपानेको भनाइ छ ।

मुख्य सेफ एलबी कौशलले फापर, कोदो, तरुल, दिउँदे सिमी, केरा लगायतका विभिन्न स्थानीय परिकारबाट बनेका मःमका स्टलहरू राखिएको जानकारी दिंदै उपभोक्ताले रुचाएका स्वाद र ब्राण्डलाई नियमित मेनुमा राखिने बताए । उनका अनुसार, नेपालगन्जबाट शुरु गरिएको फेष्टिबललाई देशका अन्य भागमा पनि विस्तार गरिने बताए ।

सिद्धार्थ कटेजका एक्जुकेटिभ सेफ अमर दाहालले कतिपय मःमहरु फेष्टिबलमा नयाँ उत्पादनका रुपमा आएको बताए ।

Exit mobile version