घरको छतबाट खसेर किशोरीको मृत्यु

नेपालगन्ज । घरको छतबाट खसेर दाङ तुलसीपुरकी एक किशोरीको मृत्यु भएको छ । छतबाट खसेर गम्भीर घाइते भएकी तुलसीपुर-५ रानीजरुवाकी १८ वर्षीया कमला केसीको उपचारका लागि कोहलपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

शुक्रबार बेलुका आफ्नै घरको छतको रेलिङमा बसेकी उनी सन्तुलन गुमाउन पुग्दा खसेको हुन सक्ने ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए । बेलुकी सवा सात बजेतिर एक तले घरको छतबाट खसेकी केसीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बाँकेको कोहलपुर मेडिकल कलेजका लागि रिफर गरिएको थियो । त्यता लैजाने क्रममा राति साढे ११ बजेतिर बाटोमै उनको मृत्यु भएको प्रहरी निरीक्षक मल्लले बताए ।

Exit mobile version