रुकुमेली सेवा समाज बाँकेले मनायो दोस्रो वार्षिकोत्सव

नेपालगन्ज । रुकुमेली सेवा समाज बाँकेले दोस्रो स्थापना दिवसको अवसरमा नेपालगन्जमा रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार शाखा नेपालगन्जमा उक्त कार्यक्रम गरिएको हो ।

रगत अभावका कारण बिरामीले अकालमै ज्यान गुमाउनु नपरोस् भनेर स्थापना दिवसका अवसरमा मानवीय सेवाका लागि रक्तदान कार्यक्रम गरिएको रुकुमेली सेवा समाज बाँकेका सचिव चिन्ताराम शर्माले जनाए । उनका अनुसार उक्त रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् । साथै उक्त अवसरमा निलसागर आश्रममा १० बोरा चामल, दाल र नुन सहयोग गरिएको सचिव शर्माले जनाए ।

Exit mobile version