आज कुष्ठरोग दिवस

नेपालगन्ज । आज ७१औँ कुष्ठरोग दिवस । ‘कुष्ठरोगसम्बन्धी गलत अवधारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने नाराका साथ यस वर्षको विश्व कुष्ठरोग दिवस बाँकेसहित देशभरि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । बाँके कुष्ठरोगको जोखिम जिल्ला पनि हो ।

गत आर्थिक वर्षमा एक सय २६ कुष्ठरोगीको पहिचान भएको थियो । पहिचान भएकामध्ये ५५ बाँकेका र २७ बर्दिया जिल्लाका थिए । अन्य बिरामी लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका छन् । नयाँ कुष्ठरोगीमा बालबालिका पनि परेका छन्। कुष्ठरोग प्रभावितहरूप्रति जागरुकता देखाउने उद्देश्यअनुसार सन् १९५४ देखि विश्वभर यो दिवस जनवरी महिनाको अन्तिम आइतबार मनाउन सुरु गरिएको हो । माइकोब्याक्टेरियम लेप्रे नामक सुक्ष्म किटाणुको कारणले लाग्ने कुष्ठरोगका कारण नेपालमा बर्सेनि २ देखि ३ हजारका हाराहारीमा बिरामीहरू फेला पर्ने गरेका छन् ।

Exit mobile version