हत्या आरोपमा चारजना नियन्त्रणमा

नेपालगन्ज । बर्दिया नगरपालिका-३ ओराली बजारका अन्दाजी ३५ वर्षीय सरोज सुनारको हत्या आरोपमा सोधपुछका लागि प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ । सरोजको शव शनिबार राजापुर नगरपालिका–१० मझेरा जाने झोलुंगे पुलको तल भेटिएको थियो ।

मृतकका आफन्तले सरोजको हत्या भएको बताएका छन् । प्रहरीले घटनाका सम्बन्धमा चारजनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) तुलसीराम अर्यालले बताए ।

Exit mobile version