जोखिमयुक्त औषधि बेच्ने मेडिकल सञ्चालक पक्राउ

नेपालगन्ज । जोखिमयुक्त औषधि बिक्री गरेको आरोपमा कञ्चनपुरका एक मेडिकल व्यवसायी पक्राउ परेका छन् । कृष्णपुर नगरपालिका-२ बंकका मेडिकल व्यवसायी देवसिंह धामी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीका अनुसार बंकस्थित कञ्चन क्लिनिक एन्ड फार्मेसीका सञ्चालक धामीलाई पक्राउ गरिएको हो । मेडिकलमा खानतलासी गर्ने क्रममा विभिन्न जोखिमयुक्त औषधि भेटिएपछि उनी पक्राउ  परेका हुन् ।

प्रहरीले उक्त क्षेत्रका ९ मेडिकलमा चेकजाँच गरेको थियो । सो क्रममा नेपाल औषधि व्यवस्था विभागले तोकेका मापदण्डविपरीत औषधि बेचबिखन गर्ने गराउने र विनाइजाजत औषधि बेचबिखन गरिरहेको पाइएकाले औषधिसहित सञ्चालकलाई पक्राउ गरिएको प्रवक्ता डाँगीले बताए ।

Exit mobile version