मेयर कप फुटबलमा आज चार खेल हुँदैं

नेपालगन्जमा शनिबार देखि सुरु भएको मेयर कप अन्तर विद्यालय छात्र–छात्र फुटबल प्रतियोगितामा आज आइतबार चार वटा खेल हुँदैछन ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझीमा रहेको एन्फा ग्रास रुट ट्रेनिङ सेन्टर हुने पहिलो खेलमा नेपालगन्ज मोडेल एकेडेमी र जीवनज्योती स्कुल कोहलपुर(११ः०० बजे) प्रतिस्पर्धा हुनेछ । यसैगरी दोस्रो खेल मंगल प्रसाद मावि र जय बागेश्वरी इङलिस मिडियम स्कुल(१२ः३० बजे), तेस्रो मोर्डन पब्लिक स्कुल र डायनामिक स्कुल(२ः०० बजे) र चौथो खेल होलिल्यान्ड मावि र ड्रिमल्यान्ड इङलिस मिडियम स्कुल(३ः३० बजे) हुने आयोजकले जानकारी गराएको छ ।
बाँके जिल्ला फुटबल संघको आयोजनामा शनिबार देखि सुरु भएको प्रतियोगितामा बाँके जिल्लाका २८ छात्र टिमको सहभागिता रहेको छ । प्रतियोगिता माघ २४ गते सम्म चल्नेछ ।
प्रतियोगिताको छात्र तर्फ समुह ‘ए’ पशुपति मावि राझा, बागेश्वरी एकेडेमी, मंगल प्रसाद मावि, जय बागेश्वरी इङलिस मिडियम स्कुल, होलिल्याण्ड मावि, ड्रिमल्याण्ड इङलिस मिडियम स्कुल, लक्ष्मी मावि बर्दहवा, एबिसी रेसिडेन्टल, जिभिएन कलेज, नेपालगन्ज सेन्ट जेभियर्स, धम्बोझी मावि, आदर्श मावि खजुरा, सेन्ट थोमस र ग्रिनपिस मावि रहेका छन् ।
प्रतियोगिताको समुह ‘बी’ नेपालगन्ज मोडेल एकेडेमी, जीवन ज्योती स्कुल, मोर्डन पब्लिक स्कुल, डाइनामिक मावि कोहलपुर, ब्राइटल्यान्ड स्कुल, राम जानकी मावि कोहलपुर, राम मावि हवलदारपुर, सुर्योदय मावि बैजानाथ, अमर मावि सि गाउँ, ब्राइटल्यान्ड कलेज, बाल विद्या मावि , कृष्ण मावि कोहलपुर र सनविम स्कुल नेपालगन्ज रहेका छन् ।
प्रतियोगिताको विजेता छात्र–छात्रा टिमले समान रुपमा २१ हजार र उपविजेताले ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने प्रतियोगिता संयोजक चन्दले बताउनु भयो ।

Exit mobile version