बर्दिया । बर्दियाको मधुवन नगरपालिका-३ धनौरास्थित तोरीबारीबाट प्रहरीले बेवारिसे अवस्थामा काठ बरामद गरेको छ । मकैको ढाडले छोपेको अवस्थामा २०.६५ क्यूफिट काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जनाए ।
सिसौको गोलिया तथा चिरान काठ बरामद गरी आवश्यक कारबाहीका लागि सव डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।