सल्यानको दार्मामा ९६० अस्थायी टहरा

सल्यान । सल्यानका दार्मा गाउँपालिकामा भूकम्प पीडितका लागि अस्थायी टहरा निर्माण भएका छन् । हालसम्म यहाँका नौ सय ६० वटा अस्थायी टहरा निर्माण भएका हुन् ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर कात्तिक १७ गएको भूकम्पले घर क्षति भएपछि त्रिपालमुनि बस्दै आएका सर्वसाधारण आफैँ र विभिन्न संघसंस्था तथा स्वयमसेवकहरुको सहयोगमा यहाँ अस्थायी टहरा निर्माण भएका हुन् । भुकम्पबाट घरहरु क्षति भएपछि मंसीर १६ गतेदेखि विभिन्न पार्टीका स्वयम्सेवक, नेपाली सेना र स्थानीय अस्थायी टहरा निर्माणमा खटिएका थिए ।

Exit mobile version