लुम्बिनी : ६ महिनामा झण्डै ३ हजार ८ सय मुद्दा

प्रहरीमा दर्ता हुने मुद्दा दर्ताको तुलनामा फस्र्यौट निकै कमजोर रहेको छ । प्रहरीमा परेका उजुरीहरूको अनुसन्धान समयमै नटुुङ्गिदा प्रहरीमा पर्ने उजुरीको तुलनामा फस्र्यौंट निकै कम हुने गरेको तथ्यांकले देखाएको छ ।
चालु आर्थिक बर्ष २०८०/८१ को ६ महिनामा लुम्बिनी प्रदेशमा रहेका प्रहरी कार्यालयहरूमा कुल ३ हजार ७ सय ४८ मुद्दा दर्ता भए । तर, उक्त अवधीमा आधा मुद्दा पनि पनि फस्र्यौट हुन सकेको छैन । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार, चालु आ.व.को पुस मसान्तसम्म परेका मुद्दा मध्ये १ हजार ६ सय ६१ मुद्दा मात्रै फस्र्यौट भएका छन् ।

मुद्दा फस्र्यौटको तथ्यांक यसअघिका बर्षहरूमा दर्ताको तुलनामा कमी छ । लुम्बिनी प्रदेशका १२ जिल्लामा आर्थिक बर्ष २०७८/०७९ मा ६ हजार ३ सय ६२ मु्द्दा दर्ता भएकोमा फस्र्यौट ५ हजार २ सय ९१ मात्रै भएका थिए भने आर्थिक बर्ष २०७९/०८० मा ६ हजार ९ सय ९७ मुद्दा दर्ता भएकोमा ४ हजार २१ मुद्दा मात्रै फस्र्यौंट
भए ।

चालु आर्थिक बर्षमा लुम्बिनीमा सबैभन्दा बढी घटना आत्महत्या सम्बन्धी नै रहेका छन् । त्यसपछि ज्यान सम्बन्धी ६ सय २३ मुद्दा, सामाजिक अपराधका ४ सय ९६ मुद्दा, महिला तथा बालबालिका सम्बन्धी ३ सय ५० मुद्दा, संगठित तथा आर्थिक अपराध सम्बन्धी ३ सय ५० मुद्दा, सवारी सम्बन्धी २ सय १४ मुद्दा, चोरी सम्बन्धी ३ सय २३ मुद्दा र विविध अन्य मुद्दाहरु ७ सय ४९ वटा दर्ता भएका छन् ।

चिन्ताजनक छ, आत्महत्याको तथ्यांक
लुम्बिनी प्रदेशमा चालु आर्थिक बर्षमा मात्रै ६ महिनामा मात्रै ६ सय ४३ जनाले आत्महत्या गरेका छन् । लुम्बनी प्रदेश प्रहरीका अनुसार, लुम्बिनीमा दर्ता भएका ३ हजार ७ सय ४८ मध्ये ६ सय ४३ वटा आत्महत्याका घटना रहेका छन् । आर्थिक बर्ष ०७८/०७९ मा १ हजार ३ सय ३४ र आ.व. ०७९/८० मा आत्महत्याका १ हजार ३ सय ६ मुद्दा दर्ता भएका थिए ।

रूपन्देहीमा सबैभन्दा बढी मुद्दा
लुम्बिनी प्रदेशका सबैभन्दा बढी अपराध रूपन्देहीमा हुने गरेको प्रहरी तथ्यांकले दखाएको छ । चालु आर्थिक बर्षको ६ महिनामा रूपन्देहीमा ९ सय २२ मुद्दा दर्ता भैसकेका छन् । त्यस्तै बाँकेमा ७ सय १७, दाङ्गमा ६ सय ७२, बर्दियामा ३ सय ४८, कपिलवस्तुमा २ सय ८९, नवलपरासीमा २ सय ३०, पाल्पामा १ सय १९, प्युठानमा १ सय १२, रोल्पामा ९८, अर्घाखाँचीमामा ८३ र रुकुममा ३९ मुद्दा दर्ता भएका छन् ।

Exit mobile version