विदेश पठाइ दिन्छु भन्दै ६ सय जनालाई ठग्ने सुजन पक्राउ

विदेश पठाइदिन्छु भनेर ६ सयजना भन्दा बढी मानिसलाई ठगी गरेको आरोपमा प्रहरीले ललितपुरको कोन्ज्योसोम गाउँपालिका-४ घर भई इमाडोल बस्ने ३२ वर्षीय विकास वाइबा भनिने सुजन तामाङलाई पक्राउ गरेकाे छ ।
उनले बालाजुमा युरो विङ्ग्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरेका थिए। त्यहाँबाट मानिसहरूलाई युरोपियन मुलुकहरू माल्टा, पोल्याण्ड, क्रोएशिया र क्यानडा लगायतका देशहरू पठाइदिन्छु भनेर लाखौं ठगी गरेको  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्रले जानकारी दिए ।
सयौं मानिसहरूले उजुरी दिएपछि उनीविरूद्ध तामाङविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएपछि फरार रहेकोमा बुधबार ललितपुरको पुल्चोकबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

Exit mobile version