नेपाल चरा उत्सव आगामी सातादेखि

दोस्रो नेपाल चरा उत्सव यही माघ २६ देखि २८ गतेसम्म नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा हुने भएको छ। चरा तथा तिनको बासस्थानको संरक्षण, जनचेतनासँगसँगै सरोकारवालालाई जीविकोपार्जनमा टेवा पुग्ने गरी चरा पर्यटनको विकास गर्ने उद्देश्यका साथ चरा उत्सव आयोजना गर्न लागिएको हो।
तीन दिनसम्म कावासोती नगरपालिका–१३ मा सञ्चालन गरिने उत्सवको मुख्य उद्देश्य चराको माध्यमबाट पर्यटन प्रवर्द्धधन गर्नु रहेको नेपाल चरा उत्सवका संयोजक मनशान्त घिमिरेले जानकारी दिए। नेपालमा सन् २०१८ मा पहिलोपटक चरा उत्सव भएको थियो। पछि सन् २०१९ मा कास्कीको पोखरामा चरा उत्सव आयोजना गरिएको थियो।
उक्त उत्सवमा पाँचबुँदे घोषणापत्र जारी गरिएको थियो। कोभिड–१९ का कारण रोकिएको उत्सव पुनः आयोजना गर्न लागिएको उनले बताए। उत्सवमा जैविक विविधताको क्षेत्रमा काम गर्ने ३९ संघसंस्थाका प्रतिनिधि, भारत, भूटान, श्रीलंका, मलेसिया, हङकङ, सिङ्गापुर, फिलिपिन्स, जापान, स्विजरल्यान्ड, अमेरिका, आयरल्यान्ड, बेलायतलगायत देशबाट प्रतिनिधिको सहभागिता रहने ‘वर्ल्ड एजुकेसन सोसाइटी’का अध्यक्ष टीकाराम गिरीले बताए।

Exit mobile version