नेपालगन्जमा पुराना व्यवसायिक छबि भएका राम शंकर माधवदासलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
व्यवसायी दासमाथि बैना रकमको विगो मुद्दामा गत असार २२ गते जिल्ला अदालत बाँकेले १ बर्ष कैद सजाय तोकेको विवरण प्रहरीले सार्वजनिक गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का ज्येष्ठ नागरिक ७० बर्षीय माधवदासलाई फैसला कार्यान्वयनका लागि शुक्रबार जिल्ला अदालत बाँकेमा पक्राउ पछि बुझाएको छ ।
घटना बारे थप विवरण प्रहरीले खुलाएको छैन ।