त्रिभुवन विमानस्थलका सुरक्षा प्रमुखले दिए राजीनामा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्द ठकुरीले राजीनामा दिएको खबर सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । सांगठनिक नभई आफ्नो व्यक्तिगत कारणले राजीनामा दिएको ठकुरीको प्रतिक्रिया ति सञ्चार माध्यमले जनाएका छन् ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी भिमप्रसाद ढकालले भने यसबारे जानकारी आइनसकेको प्रतिक्रिया दिएका छन् । डीआइजी चन्द प्रहरी महानिरीक्षक बसन्त कुँवरकै ब्याचमेट हुन् । ३० बर्से सेवा अवधि कायम रहँदा उनी २०८१ चैतसम्म प्रहरी सेवामा रहने थिए ।

पछिल्लो समय विमानस्थल सुरक्षा कार्यालय र अध्यागमन कार्यालयका बीचमा तनावको स्थिति थियो । चन्दले गत वैशाखदेखि विमानस्थल सुरक्षा कार्यालयको प्रमुखको जिम्मेवारीमा थिए ।

Exit mobile version