चिलीको एक जङ्गलमा आगलागी हुँदा कम्तिमा ४६ जनाको मृत्यु भएको छ । चिलीका राष्ट्रपति गैब्रिएल बोरिकका अनुसार सेन्ट्रल चिलीको वालपराइसो क्षेत्रको जङ्गलमा आगलागी हुँदा ४६ जनाको मृत्यु भएको हो ।
बीबीसीका अनुसार राष्ट्रपति बोरिकले मृत्यु हुनेको सङ्ख्या थप बढ्न सक्ने बताएका छन् । समुद्री किनारमा अवस्थित पर्यटकीय सहर विना डेल मार आसपासमा आगलागीको प्रभाव बढी देखिएको छ । हाल त्यस क्षेत्रमा उद्धार कार्य जारी रहेको छ ।
विना डेल मार सहरका मेयरका अनुसार झन्डै २ सय जनाभन्दा बढी मानिस बेपत्ता रहेका छन् । गृह मन्त्रालयका अनुसार चिलीमा ४३० वर्ग किलोमिटरभन्दा बढी क्षेत्र आगलागीका कारण प्रभावित बनेको छ ।