सुत्केरी महिलाको मृत्यु

बाजुराकी एक सुत्केरी महिलाको मृत्यु भएको छ । जगन्नाथ गाउँपालिका- २ की २८ वर्षीया सुकिली सार्कीको सुर्खेतस्थित प्रदेश अस्पतालमा आइतबार उपचारको क्रममा ज्यान गएको हो । अस्पतालमा उनको अपरेसन गरेर मृत जुम्ल्याहा बच्चा निकालिएको थियो ।

गम्भीर अवस्थामा अस्पताल आइपुगेको उनको अपरेसन भएपनि आइतबार बिहान ६ बजे मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतकी वरिष्ठ नर्सिङ अधिकृत दिपा भट्टराईले बताइन् । परिवारका अनुसार उनलाई गर्भवती अवस्थामा उच्च रक्तचाप र शरीर काँप्ने समस्या देखिएको थियो ।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुति गराउन नसकिने अवस्था भएपछि सुकिलीलाई हेलिकप्टरमार्फत् शनिबार विहान १० बजे सुर्खेत ल्याइएको थियो ।

Exit mobile version