एजेन्सी । संसारमै पहिलोपटक गैँडामा कृत्रिम गर्भधारणको प्रयोग गरिएको छ । वैज्ञानिकहरूले प्रयोगशालामा बनाएको भ्रुणलाई उत्तरी गैँडाको प्रजातिलाई जोगाउनका लागि पहिलोपटक प्रयोग गरेका हुन् ।
बीबीसीका अनुसार संसारमै लोप हुन लागेको सेतो गैँडाको प्रजातिलाई जोगाउनका लागि वैज्ञानिकहरूले कृत्रिम गर्भधारणको प्रयोग गरेका हुन् । पृथ्वीमा अब सेतो गैडाको प्रजाति २ वटा मात्रै बाँकी छन् । वैज्ञानिकहरूले प्रयोगशालामा बनाएको भ्रुणलाई स्त्री गैँडाको गर्भाशयमा सफलतापूर्वक प्रत्यारोपण गरेको बताइएको छ ।
भ्रुणलाई विकसित गर्नका लागि सेतो गैँडाको प्रजातिसँग सम्बन्धित दक्षिणी क्षेत्रमा पाइने गैँडाको उप प्रजातिको प्रयोग गरिएको छ । जर्मनीमा लाइबनिज इन्स्टिच्यूट फर जू एन्ड वाइल्डलाइफ रिसर्चका वैज्ञानिक सुसान होल्जका अनुसार गैँडामा पहिलोपटक भ्रुणको प्रत्यारोपण गर्नुमा सक्षम हुनु ठूलो सफलता हो । प्रत्यारोपण गरिएको भ्रुणले गैँडा गर्भवति हुन्छ या हुँदैन भन्ने अहिले नै यकिन हुन नसकेको पनि वैज्ञानिकहरूले बताएका छन् ।
यो प्रजाति कुनै समय मध्य अफ्रीकामा पाइन्थ्यो । तर, गैँडाको सिंहको मागका कारण उनीहरूको गैरकानूनी तरिकाले शिकार गर्दा लोप भइसकेका छन् । हाल पृथ्वीमा रहेका दुई सेतो गैँडा अफ्रीकामा ओल पेजेटा नेचर रिजर्वमा कडा सुरक्षाका साथ राखिएको छ ।