दयाहाङ र सौगात सँगै हुँदा दर्शक उत्साहित किन ?

नेपाली फिल्म क्षेत्रमा अहिलेको समयका सर्वाधिक माग भएका नायकद्धय हुन्, दयाहाङ राई र सौगात मल्ल । यी दुईको हातमा फिल्मको लामो लाइन छ । सौगात मल्ल दयाहाङको भन्दा आफ्नो हातमा कम नै फिल्म भएको तर्क गर्छन् । तर, फिल्मको लाइनअप हेर्दा यी दुईसँग अर्को बर्षका लागि पनि भ्याइन भ्याई काम छ ।

यसैले, फिल्म क्षेत्रमा यी दुईलाई एक अर्काको प्रतिस्पर्धी नायक पनि मानिन्छ । तर, दया र सौगात भने एक अर्कासँग कुनै प्रतिस्पर्धा नभएको बताउँछन् । उनीहरूले, एकैसाथ आफूहरू अगाडि बढेको भन्दै मिल्ने साथी भएको बताए । यी दुईले एकसाथ जब फिल्ममा काम गर्छन्, बक्स अफिसमा त्यो फिल्मले तहल्का नै मच्चाउँछ । यी दुईले एकैसाथ काम गरेको फिल्म ‘लुट’ले बक्स अफिसमा तहल्का नै मच्चायो । दया र सौगातको फिल्म क्षेत्रमा स्टारको रुपमा उदय यही फिल्मबाट भएको हो ।

यसपछि, यी दुईले ‘लुट २’ जस्तो अर्को ब्लकबस्टर फिल्म पनि दिए । दया र सौगातले फिल्म ‘कबड्डी २ र कबड्डी ४’मा काम गरे । यो फिल्मले बक्स अफिसमा तहल्का नै मच्चायो । ‘कबड्डी ४’ले २२ करोड ग्रसको ऐतिहासिक रेकर्ड नै बनाएको छ ।  दया र सौगातले फिल्म ‘२ नम्बरी’मा पनि एकसाथ काम गरे । यो फिल्मले पनि बक्स अफिसमा सुखद कमाई गर्यो ।

दया र सौगातलाई पर्दामा एकसाथ हेर्न दर्शक उत्साहित भएको देखिन्छ । जसकाकारण, मेकरहरु पनि उनीहरूलाई पर्दामा एकसाथ लिनका लागि सधैं नै उत्साहित रहेको पाइन्छ । यी दुईले एकसाथ काम गरेको फिल्म ‘हात्तीछाप’ माघको २६ गतेबाट रिलिज हुँदैछ । यी दुईको संवाद र दृश्यलाई दर्शकले मन पराइसकेका छन् । यसैले, यो फिल्मले पनि बक्स अफिसमा राम्रो कमाई गर्ने विश्वास गरिएको छ ।

उसो त, दया र सौगातले एकसाथ काम गरेका केही फिल्महरू असफल पनि भएका छन् । ‘छड्के, मुखौटा, लप्पन छप्पन, राधा’ जस्ता फिल्महरूको व्यापार त्यति सुखद देखिँदैन । तर, दया र सौगातले काम गरेका अधिकांश फिल्मको व्यापार भने सुपरहिट नै छ ।

Exit mobile version