पत्रकार गैरेलाई विरही सिर्जनशील पुरस्कार

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरेलाई यस बर्षको रेशम बिरही सृजनशील पत्रकारिता पुरस्कार-२०८० प्रदान गरिएको छ ।


प्रेस चौतारी नेपालको २६औं स्थापना दिवसका अवसरमा बाँके शाखाले आयोजना गरेको औपचारिक कार्यक्रम बीच दैनिक नेपालगन्जका प्रधानसम्पादक गैरेलाई ११ हजार राशीको उक्त पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा पत्रकार सरला सुवेदीलाई ५ हजार राशीको प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।


त्यस्तै, स्थापना दिवसका अवसरमा आज विहान प्रेस चौतारी कोहलपुर कमिटिले आयोजना गरेको स्थापना दिवसको कार्यक्रममा दुर्गा प्रसाद बेल्वासे स्मृति पुरस्कारबाट बैंकुण्ठ अधिकारी र पवित्रा परियारलाई सम्मान गरिएको थियो ।

Exit mobile version